समाचार

कोशीमा पानीको बहाव उच्च : २२ वटा ढोका खुला, सतर्क रहन अपिल

केही दिनयताको अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशी नदिमा शुक्रबार बिहान दुई लाख क्युसेक नाघ्ने अनुमान गरिएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी भएको जनाएको छ ।

यसैगरी बिहीबार बिहान पानीको बहाव एक लाख २१ हजार थियो भने बिहिवार साँझ मापन गर्दा एक लाख ६४ हजार १५० क्युसेक रहेकोे थियो । केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका अरुण, तमोर, भोटेकोशी, तामाकोशी, दुधकोशी, लिखु, बरुण नदीको मिलेर बनेको पहाडी क्षेत्र कोशी वेसिनमा अत्यधिक बर्षा भएकाले सप्तकोशीमा पानीको बहाव वढेको हो ।

पानीको बहाव १ लाख क्यूसेकमाथि पुगेपछि कोशीका २२ ढोका खोलिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पानीको बहाव अझै बढ्दै गए सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । सप्तरीका विभिन्न ठाउँमा डुबानको खतरा रहेकोेले सतर्क रहन आग्रह गरेको छ ।

नदिमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन ।अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उच्च सतर्क रहन आग्रह गरिएको हो ।

२०६५ भदौ २ गते १ लाख ६८ प्रतिसेकेन्ड क्युसेक पानीको बहाव भएकाले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काउँदै सप्तकोशीले सुनसरीका ४ वटा गाविस डुबाएको थियो । भारतको विहारमा पनि कोशीले उठीबास लगाएको थियो ।

Related Articles

Close