राशिफल

आज बिहिबार बुढानिलकण्ठको एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज काम बिग्रने डरले सताइरहने दिन हो । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि

मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।

मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ ।

मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा ।

एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ ।

यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।

👉️मृगौला रोगीको डाइट चार्ट

के नखाने ?- मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड डि्रक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।

👉️कस्तो चिया पिउने ?

अदुवा र तुलसीको पात मिसाइएको चियामा थोरी मरिच, दालचिनी, सुकुमेल, अलैंची, तेजपत्ता, ज्वानो, ल्वाङको चूर्ण बनाएर बिहान बेलुकी पिउनुपर्छ । यसमा चिया भने हाल्नु हुँदैन ।

👉️ खाना

सुख्खा रोटी सेवन गर्नुपर्छ । यसमा घिउ तथा तेल लगाइएको हुनुहुँदैन । मकै, जौंको सातु सेवन गर्न सकिन्छ । मुला, गाजर, सखरखण्ड जस्ता जमिन मुनी फल्ने र लौका, पत्ता गोभी, परवल जस्ता सब्जी उपयुक्त हुन्छ । कांक्रा, गाजर, मुला, प्याजको सलाद बनाएर सेवन गर्न सकिन्छ ।

👉️ किन हुन्छ मृगौला खराब ?

– अस्वस्थ्यकर जीवनशैली ।

– कम पानी पिउनु ।

– धुमपान एवं मदिरापान

– लामो समय पिसाब च्यापेर बस्नु । बिहान उठ्नसाथ पिसाब नफेर्नु ।

– नुनको अधिक सेवन ।

– उच्च रक्तचापको उपचारमा लापरवाही ।

– धेरै मात्रामा पेन किलर लिन ।

तपार्इलार्इ यो पोष्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरेमा जानकारी शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला ।

Related Articles

Close