राशिफल

पाथीभरा माता देख्ने बितिकै भेटी सोरुप एक-एक शेयर गर्दै आजको राशिफल पढ्नुहोस् । तपाईहरूको दिन शुभ रहोस्। जय माता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक÷सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)काममा बाधाअड्चन हुनाले तथा आर्थिक समस्याले सङ्कट उत्पन्न गराउन सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा रुचि देखिंदैन । स्वास्थ्यस्थितिमा सामान्य समस्या देखा पर्न सक्छन । राती अबेर सातौं भावमा चन्द्रमाको प्रवेश हुने हुँदा मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ । मनोरञ्जन, खेलवाड र बेकारका कुरामा अल्मलिएर समय व्यतीत हुनेछ । प्रणय सम्बन्धमा चिसोपन देखिन्छ । सन्तति वा भाइबहिनीका समस्यामा घोरिनु पर्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।
आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)यात्राको योग छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । पापमतितर्फ आकर्षण तथा परोपकार र धार्मिक भावनामा विकर्षण बढ्नाले कर्मनाश हुनसक्छ

यो पनि पढ्नु होस :-काठमाडौँ, भुलेर पनि अनुहारमा नलगाउनुस् यी चिज, जसले बनाउँनेछ अनुहारलाई कुरुप:-सुन्दर बन्ने चाहना हरेकको व्यक्तिको हुन्छ । जसले पनि अनुहारलाई सुन्दर बनाउन सके सम्म हर कुराको प्रयोग गर्ने गर्छन् । मानव शरिरको सबैभन्दा संवेदनशिन क्षेत्र भनेको नै अनुहार हो यहि अनुहार नै कुरुप भयो भने विभिन्न समस्याहरु आउन सक्छन् । चाया पोतो डन्डीफोर जस्ता समस्याले सुन्दर अनुहारलाई कुरुप बनाएर सुन्दरता नै लुटिदिन्छ त्यसैले अरुको लहैलहैमा लागेर अनुहारमा जे पायो त्यहि प्रयो गर्नु हुँदैन् । आज हामी तपाईहरुलाई अनुहार सुन्दर बनाउनको लागि भनेर प्रयोग गर्न नहुने ५ चीजको बारेमा जानकारी दिन गइरहेका छौँ । जसको प्रयोगले अनहारलाई कुरुप बनाउनेछ ।

१.भनेगर : भेनेगरमा केही मात्रामा एसिड प्रयोग गरिएको हुनाले प्रत्यक्ष अनुहारमा भेनेगरको प्रयोग गर्नु हुँदैन् । जसले अनुहारको छालामा असर पार्ने भएकाले भेनेगरमा अन्य चिज मिसाएर मात्र प्रयोग गर्नु पर्ने छ । सकेसम्म यसको प्रयोग नगर्दा नै उचित हुनेछ ।

२.बियर : बियर पनि अनुहारमा लगाउनको लागि उचित छैन् । एसिड मिसेर निर्माण गरिने भएको कारण दैनिक रुपमा अनुहारमा बियर प्रयोग गर्दा डन्डिफोर आउने र अनहार भारी हुने सम्भावना बढी हुन्छ ।

३.खाने सोडा : धेरैको बुझाइ छ अनुहार सफ गर्नको लागि सोडा प्रयोग गर्नु पर्छ । तर यो बुझाइ एकदमै गलत हो । धेरै समय खाने सोडालाई अनुहारमा लगाउनाले अनुहारमा धब्बा र दागहरु आउने हुन्छ ।

४.पुदीना : पुदिनाले अनुहारलाई सफा गर्न त मद्दत गर्छ तर धेरै समय पुदिनाको प्रयोग गर्नाले विभिन्न समस्याहरु देखा पर्न सक्छ । कतिपयलाई पुदिनाको प्रयोगले डण्डीफोर आउने गर्छ ।

५.मन्जन : इन्टरनेटको दुनियाँले धेरै कुरा सिकाउन सजिले भएके छ । त्यसकै प्रभावले होला मन्जनको प्रयोग गरेर अनुहारलाई चम्किलो बनाएको इन्टरनेट तिर देखन सकिन्छ । जसको प्रयोगले अनुहारमा चमक त आउँछ तर अनुहार बिग्रन भने धेरै समय लाग्दैन् । जसले गर्दा चाया पोतो डन्डीफोर जस्ता समस्याहरु आउन सक्छन् ।

Related Articles

Close