समाचार

अत्यत दुखद खबर !दुर्घटना , स्टाफ नर्स कविताको घटनास्थलमै मृत्यु !,,,,,,,,

धरान: धरानमा स्कुटर दुर्घटना हुँदा एक युवतीको घटनास्थलमै मृत्यु भएकाे छ । सोमबार बेलुका धरान–८ स्थित विश्वकर्मा मन्दिर छेउमा दुर्घटना हुँदा एक युवतीको घटनास्थलमा नै मृत्यु भएको हाे । धरान इटहरी सडक खण्डमा रोकी राखेको ट्रकमा ठोक्किएर मृत्यु हुने स्कुटी चालक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत स्टाफ नर्स भएको खुलेको छ ।उनी गाइनो विभागको इर्मेजेन्सीमा कार्यरत करिब २५ बर्षीय स्टाफ नर्स कविता तुम्बा भएको खुलेको छ । रातीको डिउटीमा आउदै गर्दा उनको दुर्घटना परेर मृत्यु भएको हो ।

प्रतिष्ठानका असिस्टेन्ट डाइरेक्टर डा.विकास साहले मृतक तुम्बा गाइनो इर्मेजेन्सीमा कार्यरत नर्स भएको पुष्टि गरे । इटहरी १ तरहरास्थित आपगाछी घरबाट सोमबार साँझ धरान आउदै गर्दा दुर्घटनामा परेकी थिइन् । गम्भीर घाइते भएकी तुम्बाको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला ट्राफिक प्रहरी प्रमुख होमराज दाहालका अनुसार को २६ प ८५१ नंम्बरको स्कुटीमा तुम्बा धरानतर्फ आइरहेकी थिइन् । सोही दिशामा धरान तर्फ आउदै गर्दा तेल सकेर रोकेर राखेको ना ६ ख ४३४५ नम्बरको ट्रकको मुनि तुम्बाको स्कुटी छिरेर दुर्घटना भएको थियो ।

यो पनि पढ्नु होस :-काठमाडौँ, भुलेर पनि अनुहारमा नलगाउनुस् यी चिज, जसले बनाउँनेछ अनुहारलाई कुरुप:-सुन्दर बन्ने चाहना हरेकको व्यक्तिको हुन्छ । जसले पनि अनुहारलाई सुन्दर बनाउन सके सम्म हर कुराको प्रयोग गर्ने गर्छन् । मानव शरिरको सबैभन्दा संवेदनशिन क्षेत्र भनेको नै अनुहार हो यहि अनुहार नै कुरुप भयो भने विभिन्न समस्याहरु आउन सक्छन् । चाया पोतो डन्डीफोर जस्ता समस्याले सुन्दर अनुहारलाई कुरुप बनाएर सुन्दरता नै लुटिदिन्छ त्यसैले अरुको लहैलहैमा लागेर अनुहारमा जे पायो त्यहि प्रयो गर्नु हुँदैन् । आज हामी तपाईहरुलाई अनुहार सुन्दर बनाउनको लागि भनेर प्रयोग गर्न नहुने ५ चीजको बारेमा जानकारी दिन गइरहेका छौँ । जसको प्रयोगले अनहारलाई कुरुप बनाउनेछ ।

१.भनेगर : भेनेगरमा केही मात्रामा एसिड प्रयोग गरिएको हुनाले प्रत्यक्ष अनुहारमा भेनेगरको प्रयोग गर्नु हुँदैन् । जसले अनुहारको छालामा असर पार्ने भएकाले भेनेगरमा अन्य चिज मिसाएर मात्र प्रयोग गर्नु पर्ने छ । सकेसम्म यसको प्रयोग नगर्दा नै उचित हुनेछ ।

२.बियर : बियर पनि अनुहारमा लगाउनको लागि उचित छैन् । एसिड मिसेर निर्माण गरिने भएको कारण दैनिक रुपमा अनुहारमा बियर प्रयोग गर्दा डन्डिफोर आउने र अनहार भारी हुने सम्भावना बढी हुन्छ ।

३.खाने सोडा : धेरैको बुझाइ छ अनुहार सफ गर्नको लागि सोडा प्रयोग गर्नु पर्छ । तर यो बुझाइ एकदमै गलत हो । धेरै समय खाने सोडालाई अनुहारमा लगाउनाले अनुहारमा धब्बा र दागहरु आउने हुन्छ ।

४.पुदीना : पुदिनाले अनुहारलाई सफा गर्न त मद्दत गर्छ तर धेरै समय पुदिनाको प्रयोग गर्नाले विभिन्न समस्याहरु देखा पर्न सक्छ । कतिपयलाई पुदिनाको प्रयोगले डण्डीफोर आउने गर्छ ।

५.मन्जन : इन्टरनेटको दुनियाँले धेरै कुरा सिकाउन सजिले भएके छ । त्यसकै प्रभावले होला मन्जनको प्रयोग गरेर अनुहारलाई चम्किलो बनाएको इन्टरनेट तिर देखन सकिन्छ । जसको प्रयोगले अनुहारमा चमक त आउँछ तर अनुहार बिग्रन भने धेरै समय लाग्दैन् । जसले गर्दा चाया पोतो डन्डीफोर जस्ता समस्याहरु आउन सक्छन् ।

Related Articles

Close