रोचक

३२० रुपैयाँमा किनेको औँठी ३७ वर्षपछि पौने नौ करोडमा बिक्यो

लण्डनकी एक महिलाले ३७ वर्षअघि एउटा औँठी झण्डै ३ सय २० रुपैयाँ बराबरको मूल्यमा खरीद गरेकी थिइन् । सेल लागेको बेला उनले निकै सस्तो मूल्यको उक्त औँठी किनिन् र पछिल्लो ३७ वर्षदेखि उनले लगभग हरेक दिनजसो नै सो औँठी लगाइरहिन् ।

उनलाई औँठी निकै मन परेको थियो तर त्यो औँठी असली हिराको हो भन्ने कुरा चाहीँ थाहा थिएन । एकदिन ती महिलाले आफुले ३७ वर्षदेखि लगाउँदै आएको औँठी आखिर के को रहेछ भन्ने जान्न मन लागेछ र स्थानीय गहना पसलमा गएर जाँच गराइछन् ।

जब गहना पसलेले उनको औँठी असली हिराको भएको कुरा बतायो तब उनको खुसीको ठेगाना रहने कुरै भएन । गहना पसलेले उक्त औँठी २६.२७ क्यारेट हिराको भएको पुष्टि गरिदियो । जस अनुसार त्यसको परल मूल्य नै अढाइ देखि साढे ३ लाख पाउण्ड सम्म पर्दथ्यो ।

निकै पूरानो त्यो औँठीको बारेमा थाहा पाएपछि गहनाको लिलामी गर्ने एक संस्थाले ती महिलासँग सम्पर्क गर्यो अनि उनीसँगबाट लिएर त्यो औँठी लिलामी गर्यो । अन्त्यमा त्यो औँठी झण्डै पौने ९ करोड रुपैयाँ बराबरको मूल्यमा बिक्यो ।

Related Articles

Close