राशिफल

चैत्र २६ गते मंगलबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । सोचेभन्दा कम फाइदा मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले कीर्ति दिलाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् ।

Related Articles

Close