रोचक

दुख, कष्ट, बाधा, अड्चन जस्ता समस्याबाट मुक्ति पाउन यसरी गर्नुहोस् भगवानको पुजा !

धर्म गर्न मन्दिर धाउनु पर्दैन । यदि तपाईले आफ्नो दैनिकीलाई परिवर्तन गर्न सक्नुभयो भने भगवानलाई प्रसन्न बनाउन मन्दिर पुग्ने समयको बचत हुन्छ । विशेषत हिन्दु धर्मावलम्बीहरु भवगवानलाई प्रसन्न बनाउन घरमा विभिन्न किसिमले पुजा आरधना गर्ने गर्छन् ।

यद्यपी धार्मिक शास्त्रमा उल्लेख भएअनुसार व्यक्तिले आफ्नो दैनिकिलाई परिवर्तन गर्न सके भगवान आफै प्रसन्न हुने बताइएको छ ।आफुले गरेको कडा मेहनत र परिश्रमको फल पाउन नसक्दा मानिसहरु निरास हुने गर्छन् । त्यसकारण आज हामी तपाईहरुलाई देनिक जीवनमा आइपर्ने यस्ता बाधा अड्चनाहरुबाट कसरी मुक्ति पाउने भन्ने बारे बताउन गइरहेका छौँ ।

– यदि तपाईले सोचेको काम पुरा हुँदैन भने राती सुत्ने बेलामा तामाको भाँडामा पानी भरेर राख्नुहोस् । त्यसपछि बिहान उठेर शिरदेखि पाउसम्म सात पटक चोख्याउनुहोस् तपाईका बन्न नसकेका हरेक कामहरु सफलताको साथ सम्पन्न हुन्छन् ।

– कडा मेहनत र परिश्रम गर्दा पनि आफुले सोचेजस्तो काम हुँदैन् भने नियमित गाईको पुजा गर्नुहोस् । गाईलाई लक्ष्मीको रुपमा पुजिने भएकाले गाईलाई मिठा मिठा परिकारहरु बनाएर खुवाउने गर्दा माता लक्ष्मी प्रसन्न भई प्रशस्त धन आर्जन गर्न सकिन्छ ।

– मंगलबारको दिन मन्दिर गएर ७ पटक हनुमान चालिसा पढ्ने र ६ वटा नरिवल भगवान सामु चढाउने र प्रसाद स्वरुप सबैलाई बाँडी आफु पनि खाने गर्दा जीवनमा सोचेभन्दा बढी सफलता हासिल गर्न सकिन्छ ।

– आफुले इष्ट देवताको रुपमा मान्दै आएको भगवानको नियमित पुजा गरेमा सोचेभन्दा धेरै कामहरु सफल बन्ने कुरा धार्मिक शास्त्रमा उल्लेख गरिएको छ ।

– बिहान सबेरै उठेर सूर्य देवलाई तामाका भाँडोबाट जल अर्पण गरेर पुजा आरधना गर्नाले दैनिक जीवनमा आइपर्ने दुख कष्ट नाश भएर जान्छ ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Related Articles

Close